चट्याङ लागेर एकै परिवारका चार जना घाइते

सङ्खुवासभा । जिल्लाको खाँदबारी नगरपालिका-९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *