नेपाल प्रहरीका पूर्व आईजीपी राणाको निधन



काठमाडाैं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक (आइजीपी) प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।

उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए ।