रवि लामिछाने कारागार चलान, अब रवि र छवि एउटै जेलमा !



बुटवल । देशका विभिन्न सहकारी ठगीको अभियोग लागेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुर्पक्षका लागि भैरहवा जेल चलान भएका छन् ।

बुटवलको सुप्रिम सहकारी प्रकरण मुद्दामा पक्राउ परेका लामिछानेलाई उच्च अदालत रुपन्देहीको तुलसीपुर इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि शुक्रबार साँझ पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रक्रिया पूरा गरेर पुर्पक्षका लागि भैरहवा कारागार चलाउन गरिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पोखरेलको इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।