प्रहरी जवान मालिका भइन् त्रिभुवन विमानस्थलकै उत्कृष्ट प्रहरी



काठमाडाैं । प्रहरी जवान मालिका कुमारी शाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयकै फागुन महिनाकै उत्कृष्ट प्रहरी घोषित भएकी छिन् ।

उनले आफ्नो जिम्मेवारीलाई ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय तवरबाट निर्वाह गरेको, विमानस्थलमा आउने यात्रु तथा सेवाग्राहीहरुलाई समेत उत्कृष्‍ट तवरबाट सेवा प्रदान गरी आम सर्वसाधारणहरुमा प्रहरीको छवि उच्च राख्ने कार्य गरेको भन्दै एसएसपी सोमेन्द्र सिंह राठौरले प्रशंसापत्रसहित सम्मानित गरेका छन् ।

प्रहरी जवान शाहीले आफूलाई खटाइएको ड्यूटी सकेपश्‍चात् ब्यारेकतर्फ जाने क्रममा अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियमा एक महिलाले बाह्‍य मुलुकबाट आगमन भएका यात्रुलाई भन्सार छली गर्न लगाई सुनको सिक्री, मोबाईल तथा ल्यापटपहरु अबैध रुपमा संकलन गर्दै गरेको अवस्थामा सामान सहित मानिस नियन्त्रणमा लिई भन्सार चोरी पैठारी नियन्त्रणमा महत्वपूर्ण भुमिका खेली आफूलाई तोकिएको जिम्मेवारी विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनसिल भई कर्तव्यपथमा तल्लिन रही आफूलाई तोकिएको जिम्मेवारी उच्च मनोवलका साथ सम्पादन गरेको हुँदा निजको योगदानको कदर स्वरुप २०८१ साल “फाल्गुन महिनाको उत्कृष्‍ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरिएको जनाइएको छ ।

May be an image of 1 person and text