

डिएसपी भन्दै लाखाैं ठग्ने राजु पक्राउ

काठमाडौं । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
भक्तपुरको सुर्यविनायक नगरपालिका–४ घर भइ काठमाडौं महानगरपालिका–३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
आफू प्रहरीको डीएसपी भएको, विभिन्न देशका उच्चपदस्थ मानिससँग सम्बन्ध रहेको भन्दै ती व्यक्तिले ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।