

समुदाय साथै दिगो राष्ट्रिय विकासका लागि निरन्तर प्रयासरत छौंः मन्त्री खड्का

कपिलवस्तु । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का कपिलवस्तु पुगेका छन् ।
मंगलबार शंकरपुर एकीकृत सिंचाई आयोजनाको उद्घाटनका लागि कपिलवस्तु पुगेका सिंचाईं मन्त्री खड्काले यस आयोजनाले हजारौं घर परिवार लाभान्वित हुने जनाउँदै आफू सदैव जनताको हितमा काम गरिरहेको जनाए ।
मन्त्री खड्काले उक्त अवसरमा यस आयोजनाबाट ७०० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गर्दै १,७१५ घरधुरीलाई लाभान्वित गर्ने र आयोजनाले स्थानीय कृषि उत्पादन र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत लिए ।
उक्त अवसरमा मन्त्री खड्काले मन्त्रालय जनताको आवश्यकता पूरा गर्दै, यस्ता विकास आयोजनाहरूलाई प्रभावकारी र समावेशी रूपमा कार्यान्वयन गर्न सदैव प्रतिबद्ध रहेको समेत जनाएका थिए ।
उनले पूर्वाधार विकास र मन्त्रालय अन्तर्गतका स्रोतहरूको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै, हामी समुदाय साथै दिगो राष्ट्रिय विकासका लागि निरन्तर प्रयासरत रहेको समेत स्पष्ट पारे ।
उक्त कार्यक्रममा मन्त्री खड्कासँगै सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको लागत १९ करोड रुपैयाँ रहेको छ ।