

कर्तव्यपराणय प्रहरीः भारी हिमपातको बेवास्ता गर्दै गस्तीमा (फोटोफिचर)

संखुवासभा — पछिल्ला दिनमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात जारी रहेको छ ।
आम जनताका लागि शान्ति सुरक्षाको जिम्मेवारी लिएर बसेका सुरक्षाकर्मीहरु भने हिउँ पन्छाउनदेखि गस्ती गर्दै कर्तव्य निर्वाह गरिरहेका छन् ।
यसैअवसरमा शुक्रबार संखुवासभा जिल्लाको किमाथांका इलाका प्रहरी कार्यालयका प्रहरीहरुले भारी हिमपातका बीच गस्ती गरिरहेका छन् ।