सिन्धुपाल्चोक भूकम्प अपडेटः भाग्न लागेका कैदीको हात भाँच्चियो, अन्त कहाँ के भयो क्षति ?



काठमाडौं । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ ।

रातको समयमा भएपनि उपत्यकालगायतका क्षेत्रमा धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।

प्रारम्भिक जानकारीअनुसार सिन्धुपाल्चोक कारागारको दोस्रो तलाबाट हाम  फालेका एक कैदीको हात भाँच्चिएको छ भने अन्य क्षतिको विवरण हालसम्म आइुपुगेको छैन । त्यस्तै कोदारी प्रहरी चाैकीको भवन चर्किएको जनाइएको छ ।

त्यस्तै सिन्धुपाल्चोकको दुगुनागढीमा सुख्खा पहिरो गएको जनाइएको छ ।

केन्द्रबिन्दु रहेको गाउँपालिकाको पुराना घरहरू चर्किएको जनाइएको छ ।

भूकम्पको धक्का उपत्यकालगायत देशका प्रायः सम्पूर्ण भूभागमा महसुस भएको थियो ।

भूकम्पका कारण नेपालको पूर्वी क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।

हालसम्म देशका अन्य स्थानबाट पनि क्षतिको विवरण आइसकेको छैन ।