बाग्लुङमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते (नामसहित)



बाग्लुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका–९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. जिप दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए ।

दुर्घटनामा निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन —५ नाथुरेकी ३५ वर्षीय जुना कँडेलको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै दुर्घटनाबाट बागलुङको बडिगाड—९ बस्‍ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड–९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड—९ खहरे बस्‍ने ३० वर्षीया सिता पौडेल र बडिगाड—९ खहरे बस्‍ने हिमाल घर्ती मगर (चालक) घाइते भएको पनि प्रहरीले जनाएको छ ।