काठमाडौंंको यी स्थानमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार पाँच घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो।

उक्त फिडर अन्तर्गत पर्ने कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ।

निर्धारित काम तोकिएको समय अगाडि नै सम्पन्न भए त्यसअगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *