चोरीको सुनको गहना बिक्री गर्न भएको विवादमा ११ वर्षीय बालकको हत्या

दैलेख। दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक बालकको हत्या गरिएको छ ।

दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए।

११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन बनेका थिए। सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको हो। हत्या अभियोगका ती दुई बालकहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *