प्रधानमन्त्री ७० वर्षमा प्रवेश, बुवाबाट आशीर्वाद लिँदै मनाए जन्मदिन



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।

यस क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए ।

ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।