

बिजोग बबरमहलः सडकमै पानीको पाइप फुटेपछि…

काठमाडौं । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् ।
बबरमहलको सडकमा रहेको खानेपानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।
विशेष अदालत, काठमाडौं जिल्ला अदालतको दोस्रो भवका साथै वन विभागलगायतका सरकारी कार्यालयहरुमा डुवानमा परेका छन् ।
पानी जमेर पार्किङमा राखिएका सवारीसाधनहरू डुबेका छन् भने त्यहाँ आवतजावतमा पनि समस्या भएको छ ।