

रविको मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ।
साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक भएको थियो ।
न्यायाधीश दयाराम ढकालको इजलासमा बहस सकिएको र आजै आदेश आउने बताइएको छ ।
यसअघि बुधबारदेखि सुरु भएको थुनछेकको बहस नसकिएपछि न्यायाधीश ढकालले लामिछानेलाई न्यायीक हिरासतमै राख्ने आदेश दिएका थिए । सोही बमोजिम जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानेलाई हिरासतबाटै आज अदालत हाजिर गराएको थियो ।
रविका यस अघिका ३ जिल्लाका अदालतबाट धरौटीमा रिहा हुँदै आएका थिए । आज के आदेश आउने हो त्यो प्रतिक्षाको विषय बनेको छ ।