

युएसएआइडीका विश्वभरका कर्मचारीलाई बिदा !

काठमाडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको छ ।
वेवसाइटमार्फत सूचना जारी गरेर विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई युएसएआइडीले प्रशासनिक बिदा दिएको हो ।
बाँकी कर्मचारीहरूलाई बिदा दिने र उनीहरूसँगको करार सम्झौता रद्द गरिने पनि सूचनामा उल्लेख छ।
युएसएआइडीले संसारभरका कैयन् मुलुकमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ।
युएसएआइडी नेपालमा पनि विगत ७० वर्षदेखि कार्यरत छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआइडी बन्द गर्ने घोषणा गरिसकेका छन् ।