सेनाका सहायक रथी रायमाझीलाई दर्ज्यानी चिन्ह



काठमाडौं । गत पौष २६ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुल बहादुर रायमाझीले दर्ज्यानी चिन्ह पाएका छन् ।

प्रधान सेनापति अशोक राज सिग्देलले बुधबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रममा रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै उपरथी रायमाझीको परिवारजनको उपस्थिति रहेको थियो ।