मन्त्री खड्कासँग गण्डकी कांग्रेस नेताहरुको छलफल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उर्जा, जलस्रोत तथा सिंचाईं मन्त्री दिपक खड्काले नेपाली कांग्रेस गण्डकीका प्रदेश सभापतिलगायतका नेतासँग भेटघाट गरेका छन् ।

नेपाली कांग्रेसका प्रदेश सभापति एवं उपसभापतिहरु सहभागी अभिमुखीकरण कार्यक्रममा सहभागी भएपछि खड्काले मंगलबार गण्डकी कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।

सोही अवसरमा खड्काले ७७ वटै जिल्लाका सभापति एवं प्रशिक्षण विभाग प्रमुखलगायतका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका थिए ।

मन्त्री खड्का सो कार्यक्रममा सहभागी भई आज (बुधबार) पोखराबाट काठमाडौं फर्किएका छन् । मन्त्री खड्काको साथमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि सँगै काठमाडौं फर्किएका थिए ।

May be an image of 6 people and dais

May be an image of 2 people and text