

वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने कांग्रेस नेता पक्राउ

काठमाडौं । मानव बेचबिखनको आरोपमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न.२ ‘क’ का सभापति ताराप्रसाद खनाल छन् ।
खनाललाई कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको छ।
उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।
विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।