सेनाका पूर्वजमदार लुंगेली जेल चलान
काठमाडौं । नेपाली सेनाका पूर्वजमदार रबिन्द्र लुंगेली जेल चलान भएका छन् ।
सेनाको कल्याणकारी कोषको रकम हिनामिनाको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश हर्कबहादुर खत्रीको इजलासले कारागार पठाउन आदेश दिएको हो ।
सेनाको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर,काठमाडौंले उनलाई पक्राउ गरी आपराधिक विश्वासघात मुद्दा चलाएको थियो । उनीमाथि डेढ करोड हिनामिनाको आरोप थियो ।
सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा उनले तत्कालिन मेजर समिर कुमार गुरुङसँग मिलेर फर्जी चेकमार्फत रकम निकालेका थिए । गुरुङ भने फरार रहेका छन् ।