

किष्ट अस्पतालको शाैचालयभित्र मृत भेटिए रावल

ललितपुर । ललितपुरस्थित किष्ट अस्पतालभित्रको शौचालयमा एक युवकको शव फेला परेको छ ।
अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको प्रहरीले जनाएको छ ।
बिरामी भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन् ।
शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।