रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौंको आदेश, पोखरामा बुझाएका थिए ६५ लाख
काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।