मध्यरातबाट ‘रिटायर्ड’ हुन लागेका सशस्त्रका चार डिआईजीको पदावधि थपियो



काठमाडौं । सशस्त्र प्रहरी बलमा आजबाट अनिवार्य अवकाश पाउन लागेका चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आज राती १२ बजेबाट अवकाशमा जान लागेका कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको एक वर्ष पदावधि थप गरेको हो ।

प्रधानमन्त्रीले केपी शर्मा ओलीले यी चार जना डिआईजीको बारेमा निर्णय गर्नकै लागि मन्त्रीपरिषद् बैठक बोलाएका थिए ।

यस बढुवासँगै सशस्त्रको आगामी नेतृत्व यिनै चारजना मध्येबाट हुने देखिएको छ ।