

बुद्धनगरको बिजुली पोलमा ठोक्कियो कार, दुर्घटनाग्रस्त कारमा ‘ह्वील लक’ !

काठमाडौं । राजधानीको बुद्धनगरमा एउटा कार दुर्घटनामा परेको छ ।
बिहीबार मध्यरातमा तीब्र गतिमा आएको अल्फाबेट नखुलेको इम्बोस्ड नम्बर प्लेट भएको १५९८ सेडान कारले पैदलमार्गमा चढेर बिजुलीको पोललाई ठक्कर दिएको हो ।
पोलमा ठोक्किएपछि कारको अगाडीको भागमा क्षति पुगेको छ ।
दुर्घटनाग्रस्त कारको पछाडिको चक्कामा ट्राफिक प्रहरीले ह्वील लक लगाएको देखिएकोले उक्त कार चालक दुर्घटनापछि फरार रहेको हुनसक्ने आशंका समेत गरिएको छ ।
घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।