

रास्वपाले स्थानीय तहमा खोल्यो खाता, काठमाडाैं-१६ मा राेजिना श्रेष्ठ विजयी, कसले कति मत ल्याए ?

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएकी छिन् ।
भर्खरै सम्पन्न मतगणनामा रास्वपाका उम्मेदवार रोजिना श्रेष्ठ २९०२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।
रोजिनाकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत ल्याएका थिए भने नेपाली कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत ल्याएका छन् ।
त्यस्नै नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत ल्याएका छन् ।
२१ हजार २५ मतदाता रहेको काठमाडौं १६ मा १० हजार ५५६ मत खसेको थियो ।