

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु, १ बेपत्ता, २ जना घाइते

रोल्पा – रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल (रिटेनिङवाल) भत्किँदा ४ जनाको मृत्यु भएको छ ।
सुनछहारी गाउँपालिका— ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार मृतकमध्ये चार जनाको शव निकालिएको छ । दुई महिला र दुई पुरूषको शव निकालिएको उनले बताए । थप एक जनाको खोजी भइरहेको उनले बताए । साथै दुर्घटनामा परी २ जना घाइते भएको पनि जनाइएको छ ।
मृत्यु हुनेमा सुनछहारीका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको जनाइएको छ ।