प्रधानसेनापतिद्वारा रथी केसीलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका रथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट उपरथीबाट रथी दर्जामा पदोन्नति भएका केसीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।