

काठमाडौंबाट रामेछाप जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट रामेछाप जाँदै गरेको फोर्स जिप गोकुलगंगा गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो ।
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको जनाए ।
उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।