

सहकारी ठगी प्रकरणमा रविसँग तेस्रो दिन पनि बयान लिइँदै

रूपन्देही । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (बिहीबार) पनि तेस्रो दिनको बयान लिनेछ ।
लगातार २ दिनसम्म बयान लिँदा पनि नसकिएपछि बिहीबार बिहान १० बजेदेखि तेस्रो दिनको बयान लिइने कार्यालयले जनाएको छ ।
त्यसअघि कार्यालयले बिहान सवा १० बजेदेखि करिब ८ घण्टा बयान लिइएको थियो । बयानका क्रममा रविलाई करिब ५० वटा प्रश्न सोधिएको जनाइएको छ ।
मंगलबार पहिलो दिनको बयान सकेर निस्किने क्रममा लामिछानेले ‘बाघ खोरमा थुनेर स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि बुधबार भने उनलाई बोल्न नमिल्ने गरि सुरक्षाकर्मीले घेरा हालेर बाहिर निकालेका थिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको छुट्टै हिरासत कक्षमा राखिएको छ ।