

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लभ अधिकारीलाई प्रहरीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उनलाई आइतबार नै विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । काठमाडौँ ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालतमा पेश गरेको थियो ।