प्रहरीका २० एसएसपी बढुवाका लागि ४० को प्रतिस्पर्धा, कस्को कति सम्भावना ?
काठमाडौं । नेपाल प्रहरीमा २० प्रहरी उपरीक्षक (एसपी)को प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारी भइरहेको छ।
प्रहरी प्रधान कार्यालयले रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी), प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एसएसपीमा एकैपटक बढुवा निकाल्ने तयारी गरिरहेको जनाइएको छ । अहिले नेपाल प्रहरीमा रिक्त रहेको २ एआइजी, ७ डिआइजी, २० एसएसपी तथा ३२ एसपी पदमा बढुवा प्रक्रिया अघि बढेको हो ।
एआईजीमा बढुवाको वरियतामा दुर्गा सिंह र बुद्धिराज गुरुङको प्रबल सम्भावना भएपनि केदार ढकालले समेत अपेक्षा गरेको जनाइएको छ । त्यस्तै ७ डिआइजीका लागि २५ एसएसपी दौडधूपमा रहेका भने एसएसपीका २० पदमा पनि ४० एसपीबीच प्रतिस्पर्धा हुँदैछ ।
एसपी बढुवामा ११२ तथा ११४ टोलीबीच प्रतिस्पर्धा छ । कार्यसम्पादनमा कमजोर रहेका कारण यसअघि छुटेका गोविन्द अधिकारी र बिनोद सिलवाल यसपटक बढुवामा पर्ने निश्चित छ ।
त्यस्तै ११२ टोलीबाट पहिलो नम्बरमा को बढुवा हुने भन्ने प्रतिस्पर्धा छ । हाल रमेश थापा पहिलो नम्बरमा छन् भने सोही टोलीका एसपी नवराज अधिकारी पनि पहिलो नम्बरका दाबेदार रहेका छन् ।
त्यस्तै, कृष्ण पंगेनी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसीको सम्भावना प्रबल रहेको छ ।
यही टोलीका कमल थापा भने हनि ट्रयापिङ विवादमा परेपछि उनी बढुवामा छुट्ने सम्भावना बढेको छ ।
त्यस्तै दोस्रो लटमा एसपी भएका ११४ कै अधिकृतहरु होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाहीको सम्भावना पनि बलियो रहेको जनाइएको छ ।
त्यस्तै तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल, पनि बढुवाको प्रतिस्पर्धामा छन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तिहारको दिन अर्थात् १८ कात्तिकमा इन्टरपोलको सम्मेलनमा भाग लिन बेलायत जानु अघि नै एसएसपीसम्म बढुवा गर्ने सम्भावना रहेको हेडक्वार्टर स्रोतले जनाएको छ ।