सशस्त्र जवान तामाङको ट्रकको ठक्करबाट मृत्यु, अर्का घाइते



विराटनगर । मोरङको बूढीगंगामा ट्रकको ठक्करबाट आइतबार सशस्त्र प्रहरीका जवानको मृत्युु भएको छ ।

ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो । उनको घर संखुवासभा हो ।

बूढीगंगा गाउँपालिका–४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको ‘मिक्सचर ट्रक’ ले ठक्कर दिएको थियो ।

मोटरसाइकलको पछाडि बसेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालिनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक अर्का जवान धनकुटाको साँगुरीगढी–३ घर भएका ३० वर्षीय युशन राई घाइते भएका छन् ।