

‘सुरक्षा र न्याय अध्ययन केन्द्र’को १६औं साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अवकाशप्राप्त अधिकृतहरु संलग्न सुरक्षा र न्याय अध्ययन केन्द्रको १६ औं साधारणसभा सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न साधारणसभामा पूर्व प्रहरी महानिरीक्षक एवं पूर्व कानुनमन्त्री, प्रतिनिधि सभाका सदस्य ध्रुवबहादुर प्रधानले शुभकामना मन्तव्य दिएका थिए । साथै अतिथिका रुपमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, कामु प्रहरी महानिरिक्षक टेकप्रसाद राई, पूर्व महानिरीक्षक मोतिलाल बोहराले पनि शुभकामना मन्तव्य दिएका थिए ।
नेपाल पुलिस क्बलमा बिहीबार सम्पन्न साधारणसभामा पूर्वप्रहरी महानिरीक्षक, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, धिरजप्रताप सिंह,सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राईलगायतका अवकाशप्राप्त उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।