३ असईसहित यी २४ प्रहरी बेपत्ता, ७ दिनभित्र सम्पर्कमा आउन हेडक्वार्टरको निर्देशन



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई सात दिने सूचना जारी गरेको छ ।

विगत लामोसमयदेखि बिना जानकारी संगठनले खटाएको कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै हेडक्वार्टरले ७ दिनभित्र स्पष्टीकरणसहित जवाफ दिन प्रहरी सहायक निरिक्षकसहित प्रहरी जवानसम्मका २४ जनालाई निर्देशन दिएको छ ।

सूचनाका अनुसार ३ जना असई, २ जना प्रहरी सहायक हवल्दार र १९ जना प्रहरी जवानहरुलाई सन्तोषजनक स्पष्टीकरण नदिएमा जागिरबाटै हटाउनेसम्मको कारबाही गरिने समेत चेतावनी दिएको छ ।