

बाग्लुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा सरकारी गाडी दुर्घटना भएको छ ।
घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार सरकारी पिकअप गाडी बिहान ९ बजेतिर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको पहिचान पनि खुलेको छैन । एक जना घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ ।
उक्त दुर्घटनास्थलमा रुकुम पूर्वको पूथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको परिचय पत्र भेटिएको छ ।