

बस दुर्घटनामा ८ जना घाइते, एकको अवस्था गम्भिर

धादिङ – धादिङमा सडकमा बस पल्टिँदा ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिकाको वडा नं ८ पाल्पा भन्ज्याङ नजिक यात्रु बोकेको बस सडकमै पल्टिँएको हो ।
बस पल्टिँदा घाइते हुनेमा ज्वालामुखी गाउँपालिका वडा नं ७ को हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु रहेका छन् ।
त्यस्तै घाइते भएकामध्ये रिदम नगरकोटीको खुट्टामा गम्भीर समस्या देखिएकोले थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँका लागि हिडेको बा ४ ख ४१५२ नम्बरको बस आज दिउँसो अनियन्त्रित भई सडकमै पल्टिँएको हो ।