

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ – मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
बुधवार दिउसो सवा २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदलयात्री रम्वादेवीलाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रक, ट्रक चालक नबिन खवास र एम्बुलेन्स, एम्बुलेन्स चालक घनश्याम कुवार नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।