३ सईसमेत २० प्रहरी सम्पर्कबिहीन, साताभित्र सम्पर्कमा नआए जागिर जाने

काठमाडौं । नेपाल प्रहरीका २० जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी नायव निरीक्षक (सई) देखि जवानसम्म २० जना सम्पर्कविहीन भएका हुन् ।

लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो।

गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

सूचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *