

आँबुखैरेनी नजिकैबाट भारतीय यात्रुसहितको बस मर्स्याङ्दीमा खस्यो

तनहुँ – तनहुँको आँबुखैरेनी नजिकैबाट यात्रुबहाक बस मर्स्याङ्दीमा खसेको छ ।
पोखराबाट आउँदै गरेको बस ऐनापहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको हो । बस मर्स्याङ्दीको भेलमा रहेको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भएको हो ।
कतिपय यात्रुहरूको उद्धार गरि उपचार गरिएको छ । उक्त बसमा ४० जना यात्रु रहेको घाइतेहरुले जनाएका छन् ।