

बाैंदीकालीको जन्तीपहिरोमा पहिरो, कालीगण्डकी करिडोर अवरूद्ध

कावासोती । लगातार वर्षासँगै लेदोसहितको पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
करिडोरको गैंडाकोट-रामपुर खण्डमा पर्ने बौदीकाली-३ खैरेनीस्थित जन्ती पहिरो भन्ने स्थानमा लगातार वर्षा सँगै लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
लगातार वर्षा भएका कारण पहिरो पन्छाउन समस्या भएको र वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ ।
नवलपुरमा गए रातीदेखि भारी वर्षा भएका कारण स्थानिय खोलाहरु बढने क्रम जारी छ । यात्रा गर्नु अगाडि जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।