

सशस्त्र इन्स्पेक्टरका लागि बढुवा सूची प्रकाशित, को–को भए सिफारिस?

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि बढुवा सुची प्रकाशित गरेको छ ।्
सशस्त्रले लेखा उपसमूहतर्फ रिक्त रहेको इन्स्पेक्टरका लागि बढुवा सिफारिस सूची प्रकाशित गरेको हो ।
सशस्त्रका अनुसार इन्स्पेक्टर बढुवाका लागि ३ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा बद्रीबहादुर सोडारी, ईन्द्र सिंह बोहरा र रविन्द्र क्षेत्री रहेका छन् । उनीहरुको बढुवाउपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्र प्रधान कार्यालयले जनाएको छ ।