

सई खड्का जो कार्यालयबाटै समातिए झ्याप अवस्थामा

कैलाली । कैलालीमा नेपाल प्रहरीकै एकजना सई प्रहरीको हिरासतमा पुगेका छन् ।
ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार बेलुका उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।