

आँधीखोलाले बगाउँदा सूर्यले गुमाए ज्यान

स्याङ्जा । स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो ।
उनलाई खोलाले बगाएको थाहा पाउनासाथ प्रहरी खोजतलास गर्न पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले उनको शव ८÷९ सय मिटर तल आँधीखोलामै शव भेटिएको जानकारी दिए ।