

दोस्रो स्थापना दिवस मनाउँदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज असार ७ गते आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ ।
स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइ चियापान कार्यक्रम गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।
कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीलगायतलाई आमन्त्रण गरेको छ।