

कर्णेल मल्ल सैनिक सेवाबाट निष्कासित !

काठमाडाैं । नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्र कुमार मल्ललाई सैनिक अदालतले सैनिक सेवाबाट निष्कासित गरेको छ ।
मल्ललाई समरी सैनिक जनरल अदालतले जन्ममिति र नाम सच्याएको विषयमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरेको छ ।
सैनिक प्रहरीको हिरासत रहेका मल्ललाई उपरथी दिपक बानियाँको नेतृत्वमा बनेको समितिले छानबिन गरेको थियो ।
अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ल सैनिक अदालतको निर्णयले निष्कासित भएका छन् । मल्ल झण्डै साढे ४ महिनाअघि सैनिक सल्लाहकारको रूपमा न्यूयोर्क पुगेका थिए ।
महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई फिर्ता बोलाएर अनुसन्धान थालिएको थियो । मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् ।
…र यो पनि…
नेपाली सेनाका कर्णेल मल्ल जंगी अड्डाको नियन्त्रणमा