

जहाज उड्नै लाग्दा स्याल कुदेपछि…

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उड्न लागेको जहाज अकस्मात रोकिएको छ ।
सोमबार बिहान करिब १० बजे जनकपुर विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि बुद्ध एयरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसकेपछि रोकिएको हो ।
त्यसपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए । बुद्ध एयरका अनुसार स्याल देखिएपछि उडान सुरक्षा मापदण्ड अनुसार टेकअफ बन्द गरिएको थियो ।
त्यसपछि सुरक्षित रुपमा पुनः जहाज काठमाडौंका लागि उडेको बताइएको छ ।