

राष्ट्रिय महिला लिगमा आज चन्द्रपुर र चौदण्डीगढी खेल्दै

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।
खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपराह्न २ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेका दुबै टिम अंकतालिका सुधारका लागि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।
चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । चौदण्डीगढी भने पहिलो जितको खोजीमा रहेको छ ।