

२ सयले बढ्यो सुनको मूल्य, तोलाकाे कति?

काठमाडौं – आज (मंगलबार) सुनको मूल्य तोलामा २ सयले बढेको छ । नेपाली बजारमा केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको हो । सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार ३६० पुगेको महासंघले जनाएको छ ।