

राष्ट्रिय महिला लिगः साम्बाले महिला लिगको बाँकी खेल गुमाउने

काठमाडाैं – सशस्त्र प्रहरीको एपीएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने भएकी छन् । राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत हिजो भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि उनले बाँकी खेल गुमाउने भएकी हुन् ।
सावित्रा खेलको ६९औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी हुन् । १० खेलमा ४३ गोल गरिसकेकी उनको क्लबले अझै उपाधिका लाग २ खेल खेल्न बाँकी छ ।
लिगको उपाधि नजिक रहेको एपीएफले अब दुई खेल खेल्न बाँकी रहेको छ । सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी थिइन् । जारी लिगमा सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।