

श्रीलंकालाई जितेको हेर्ने नेपाली क्रिकेटप्रेमीको सपना अधुरै
वर्षाका कारण खेल रद्द, दुवै टिमलाई १—१ अंक

काठमाडौं । विश्वकपमा श्रीलंकालाई हराएको नेपाली क्रिकेटप्रेमीको सपना अधुरै रहेको छ ।
अमेरिकाको फ्लोरिडामा हुने भनिएको नेपाल र श्रीलंकाबीचको दोस्रो खेल वर्षाका कारण रद्ध भएपछि नेपाली क्रिकेटप्रेमीको सपना अधुरै बनेको हो ।
आईसीसी टी—२० विश्वकप अन्तर्गत अहिले बिहान सवा ५ बजेदेखि हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले १–१ अंक बाँडेका छन् । यससँगै नेपालले विश्वकपमा पहिलो अंकसमेत प्राप्त गरेको छ । अबको खेल नेपालले बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ ।
यस खेल रद्ध भएसँगै दक्षिण अफ्रिका भने सुपर ८ मा पुगेको छ । यससँगै दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने पहिलो टिम बनेको छ ।