

साँखरकी सिर्जनाले गुमाइन् घाँस काट्दा रूखबाट खसेर ज्यान

स्याङ्जा । घाँस काट्ने क्रममा रूखबाट खसेर स्याङ्जामा एक महिलाको मृत्यु भएको छ।
चापाकोट नगरपालिका वडा ७, साँखरकी ३५ वर्षीया सृजना ढकालको घाँस काट्न रूखमा चढेको बखतमा खस्दा मृत्यु भएको हो ।
बुधबार बिहान करिब ७ बजे आफ्नै बारीको पीपलको रूखमा चढेर घाँस काट्ने क्रममा उनी खसेकी थिइन्।
गम्भीर घाइते उनलाई रामपुर अस्पताल लगिएकोमा चिकित्सकले बिहान साढे ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले बताए।